अर्घाखाँचीको सन्धिखर्कमा ११ बर्षिय बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीको मालारानी ९ स्थायी ठेगाना भइ हाल सन्धिखर्क नगरपालिका–२ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय राम बहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए ।



चुत्राबेसीको झाडीमा जबरजस्ती करणी गरेको भनी पिडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो ।युवकलाई पक्राउ गरी आज मंगलबार करणी सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरिएको जिल्लला प्रहरी कार्यालय अर्घाखाच्ीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए । जवरजस्ती करणी गर्ने युवालाई अर्घाखाँची जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको बारेमा कानून बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।



