शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार अपरान्हदेखि सञ्चालनमा आएको छ ।इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेपछि अवरुद्ध भएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।






