काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको शोकमा असोज १ गते राष्ट्रिय शोक मनाउने भएको छ । मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने र जेनजी आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय