पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज साढे ३ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक सूचना जारी गर्दै बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।

गत शुक्रबार दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गरिएको हो । दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको छ ।

बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय