काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने बताउनुभएको छ ।
शिक्षा पत्रकार समूहका प्रतिनिधिसँगको भेटका क्रममा मन्त्री पोखरेलले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय अलोकप्रिय जस्तो देखिए तापनि यो व्यवस्था नहट्ने र यसले निरन्तरता पाउने स्पष्ट पार्नुभयो । शनिबार र आइतबार दुई दिनको बिदा अलोकप्रिय हो भन्ने थाहा भएतापनि यसले निरन्तरता पाउने मन्त्री पोखरेलको तर्क छ ।



शिक्षकको सरुवासम्बन्धी विषयमा मन्त्री पोखरेलले नियमावली तत्काल संशोधन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । उहाँले शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्ने बताउँदै तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।



