काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको चौथो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा नेपालले जितका लागि दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३३ रनमात्र बनाएर अलआउट भएपछि नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

बलिङमा नेपालकी कुसुम गोदारले ३ विकेट, रिया शर्मा र रचनाकुमारी चौधरीले २÷२ विकेट तथा कप्तान पूजा महतोले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर साना प्रविनको अर्धशतकको सहायतामा १३९ रन बनायो । बलिङतर्फ थाइल्याण्डकी नाथारिका थोकाईले ३ विकेट‚ केसिनी काउजुम्फोलले २ विकेट र कुरानित सुवान्चोराथीले १ विकेट लिए । नेपालले यसअघि कुवेतलाई र थाइल्याण्डलाई नै पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते यूएईसकसंग खेल्नेछ । यो छनोट खेलमा शीर्षमा रहने टोली अर्को वर्ष मलेशियामा हुने विश्वकपका लागि छानिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय