काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।
गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लीग–२ कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा सुरु हुनेछ ।



क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लीग–२ सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ ।



