काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । नियमित पत्रकार भेटघाटका क्रममा आज आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभयो । भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताउनु भयो । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ ।

आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताउनुभएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय