काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट परीक्षा संचालन गरेको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । गत वर्षको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय