काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ । प्रत्येक वर्ष अप्रिल ३० मा मनाइने यो दिवसलाई UNESCO ले सन् २०११ मा घोषणा गरिएको हो ।

ज्याज दिवसको उद्देश्य केवल संगीत मनाउनु मात्र नभई मानिसहरूबीच समझदारी, सहकार्य र शान्तिको भावना फैलाउनु हो । यस दिन विभिन्न देशमा विद्यालय, कलाकार, संगीतप्रेमी र अनुसन्धानकर्ताहरू एकै ठाउँमा भेला भई ज्याज संगीतको इतिहास, महत्व र भविष्यबारे छलफल गर्ने गर्छन् ।

ज्याज संगीतलाई विश्वभर संस्कृतिहरू जोड्ने माध्यमका रूपमा हेरिन्छ । यसले फरक–फरक समुदायबीच संवाद बढाउने, विविधताको सम्मान गर्ने र मानव अधिकारको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिन्छ । साथै, यसले अभिव्यक्ति स्वतन्त्रता, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको सहभागिता बढाउन पनि सहयोग गर्छ ।

विशेषगरी सन् २०२१ मा यसको १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । त्यस अवसरमा विश्वका विभिन्न शहरहरूबाट कार्यक्रमहरू आयोजना गरिएका थिए र अन्त्यमा ‘अल–स्टार ग्लोबल कन्सर्ट’ मार्फत उत्सव सम्पन्न गरिएको थियो ।

यसरी, अन्तर्राष्ट्रिय ज्याज दिवसले संगीतमार्फत विश्वलाई नजिक ल्याउने र सकारात्मक सन्देश फैलाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय