महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो, जुन भगवान शिवको आराधना, उपासना तथा भक्ति गर्ने विशेष अवसर हो। प्रत्येक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने यो पर्व शिव भक्तहरूको लागि अतुलनीय महत्त्व राख्छ।
महाशिवरात्रिको धार्मिक महत्त्व
महाशिवरात्रिलाई भगवान शिव र माता पार्वतीको विवाह उत्सवका रूपमा लिइन्छ। धार्मिक ग्रन्थहरू अनुसार, यस दिन भगवान शिव र देवी पार्वतीको दिव्य विवाह सम्पन्न भएको थियो। त्यसैगरी, स्कन्द पुराण, शिव पुराण, लिंग पुराण लगायतका हिन्दू ग्रन्थहरूमा उल्लेख गरिएअनुसार, यसरात भगवान शिवले ताण्डव नृत्य गरेर सृष्टि, पालन र संहारको रहस्य प्रकट गर्नुभएको थियो ।



यो दिनलाई कालरात्रि ,मोहरात्रि तथा सिद्धरात्रि समेत भनिन्छ, जसले मोक्ष प्राप्तिको मार्ग खुलाउने विश्वास गरिन्छ। शिव भक्तहरू यस दिन विशेष रूपमा जाग्राम (रातभर जागरहन), मन्त्र जाप, ध्यान, उपवास, र शिवलिंग अभिषेक गरेर शिव भक्ति प्रकट गर्दछन्।
व्रत तथा पूजा विधि
महाशिवरात्रिमा उपवास बस्ने विशेष प्रचलन छ। यो दिन भक्तजनहरूले निम्न विधि अनुसार पूजा गर्दछन्—
शिवलिंग अभिषेकस् दूध, दही, घिउ, मह, गंगाजल, बेलपत्र, चन्दन र अक्षता चढाई भगवान शिवलाई अभिषेक गरिन्छ।
रात्रभर जाग्राम चार प्रहरमा विभाजित गरी प्रत्येक प्रहरमा विशेष पूजा गरिन्छ।
महामृत्युञ्जय मंत्र जाप यस मन्त्रको जप गर्नाले रोग, संकट तथा अकाल मृत्यु टर्ने विश्वास गरिन्छ।
रुद्राभिषेक रुद्री पाठ तथा हवन गरी भगवान शिवलाई प्रसन्न पार्ने प्रयास गरिन्छ।
दान धर्म यो दिन दान गर्नु विशेष फलदायी मानिन्छ। गरिब, असहाय तथा ब्राह्मणहरूलाई अन्न, वस्त्र, दक्षिणा दान गर्दा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
शिवरात्रिको वैज्ञानिक पक्ष
धार्मिक मान्यताका अतिरिक्त महाशिवरात्रिको वैज्ञानिक दृष्टिकोणबाट पनि ठूलो महत्त्व छ—
शरीर र मानसिक सन्तुलन फागुन महिनाको मध्य रातमा पृथ्वीको उर्जा उर्ध्वगामी हुन्छ, जसले ध्यान तथा साधना गर्ने व्यक्तिलाई आध्यात्मिक उन्नति गर्न सहयोग पुर्याउँछ।
स्वास्थ्य लाभस् शिवरात्रिमा उपवास राख्नाले शरीर डिटोक्सिफाइ ९विषाक्त पदार्थ हटाउने० हुन्छ, जसले पाचन प्रणालीलाई सुधार गर्छ।
मानसिक शान्तिस् रातभर शिव भजन, ध्यान तथा मन्त्र जप गर्नाले मानसिक तनाव कम हुन्छ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
नेपालमा महाशिवरात्रिको विशेषता
नेपालमा महाशिवरात्रि विशेष गरी पशुपतिनाथ मन्दिरमा भव्य रूपमा मनाइन्छ। लाखौँ श्रद्धालुहरू नेपाल तथा भारतका विभिन्न भागबाट पशुपतिनाथको दर्शन गर्न काठमाडौँ आउँछन्।
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि विशेष पूजा, आरती, भजन कीर्तन, हवन तथा रुद्राभिषेक गरिन्छ।
साधु, सन्त, नागा बाबा तथा तान्त्रिकहरूले शिवभक्ति तथा योग प्रदर्शन गर्छन्।
सरकारी तथा धार्मिक संघसंस्थाहरूले विशेष कार्यक्रमहरू आयोजना गर्छन्।
यस दिनलाई नेपाल सरकारले राष्ट्रिय पर्व को रूपमा घोषणा गरेको छ।
शिवरात्रिको आध्यात्मिक सन्देश
महाशिवरात्रिले आत्मशुद्धि, आस्था, भक्ति, संयम तथा ध्यानको महत्व बुझाउँछ। भगवान शिवलाई ूमहादेवू ९देवताहरूको देवता० भनिन्छ, जसको जीवनशैली सरलता, त्याग, र न्यायको प्रतिक हो।
यो पर्वले हामीलाई सिकाउँछ—
त्याग र तपस्याको मार्गले परमात्मासँग एकत्व प्राप्त गर्न सकिन्छ।
सकारात्मक ऊर्जा, ध्यान तथा भक्तिले जीवनलाई सफल र समृद्ध बनाउँछ।
सत्य, अहिंसा, दया, क्षमा र प्रेम नै शिवतत्त्वका मुख्य तत्व हुन्।
महाशिवरात्रि मात्र एक धार्मिक पर्व नभई आत्मशुद्धिको उत्कृष्ट अवसर हो। व्रत, पूजा, दान, ध्यान, र शिव साधनाले नकारात्मक भावनालाई परित्याग गर्दै आत्मज्ञान प्राप्त गर्न सकिन्छ।
✦ हर हर महादेव१ ✦ ॐ नमः शिवाय१ ✦



