काठमाडौं । आज जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठरोग दिवस मनाइँदैछ । यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ ।



नेपालमा हरेक वर्ष झन्डै तीन हजार नयाँ कुष्ठरोगी फेला पर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै दुई हजार ४ सय ९ जना नयाँ बिरामी भेटिएका छन् ।
कुष्ठरोग समयमै पहिचान र उपचार गरे निको हुने रोग हो । सरकारले यसको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर उपचार ढिलो भए अपाङ्गता हुन सक्ने जोखिम रहने चिकित्सकहरुले बताएका छन् ।



