काठमाडौं । आश्विन शुक्ल पञ्चमी । नवरात्रको छैटौँ दिन भएपनि शनिबार पञ्चमी तिथि परेकोले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ । स्कन्दकुमार (कुमार) को माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ ।

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । श्रद्धालु घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् ।

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय