काठमाडौं । आज हरिबोधिनी एकादशी । सनातन धर्मावलम्बीहरुले भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाइँदै छ ।

असार शुक्ल एकादशीको दिन तुलसी रोपी चार महिनासम्म पूजा गर्ने गरिन्छ । यो अवधिलाई चतुर्मास भनिन्छ । यो चार महिनामा भगवान विष्णुको प्रियाको रूपमा तुलसीलाई पूजा गरेर हरिबोधिनी एकादशी आजको दिन भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा रहेको छ । आज उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ ।

असार शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज उठ्ने पौराणिक मान्यता रहेको छ । त्यसैले यो दिनलाई पुराणमा हरिबोधिनी एकादशीको रुपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय