नेपाली कांग्रेसमा पार्टी कार्यालय र केन्द्रीय समिति बैठकलाई लिएर विवाद जारी छ। गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले आज सानेपास्थित पार्टी कार्यालयमा बैठक राख्न सकेको छैन। कार्यालय हाल देउवा पक्षको नियन्त्रणमा छ।

आज दुवै पक्षले केन्द्रीय समिति बैठक डाकेका थिए। देउवा पक्षको बैठक सानेपास्थित पार्टी कार्यालयमा बसेको छ भने गगन थापा पक्षको बैठक नयाँ वानेश्वरको पार्टी प्यालेसमा भइरहेको छ। सुरक्षा कारणले संस्थापन पक्षका कार्यकर्ताहरूले कार्यालयमा सुरक्षा दिइरहेका छन्। गगन थापा पक्षले अहिलेसम्म केन्द्रीय कार्यालय नियन्त्रणमा लिने निर्णय गरेको छैन। उपसभापति पुष्पा भुषालले भनेकी छन् कि उनीहरू मुठभेड नगरी सुरक्षित तरिकाले पार्टी कार्यालयमा प्रवेश गर्ने योजना बनाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय