काठमाडौं । पशुपति क्षेत्र विकास कोषले एक जना कर्मचारीलाई बर्खास्त गरेको छ । आर्थिक हिनामिना र अपचलनमा संलग्न भएको भन्दै कोषले कर्मचारीलाई बर्खास्त गरेको हो ।
कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले लेखापाल ईश्वरबहादुर दवाडीले ३६ लाख ५० हजार ९ सय ५५ रुपैयाँ हिनामिना गरेकोले बर्खात गरेको बताउनु भयो ।



लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारी निलम्बित भएपनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो हो ।



