चितवन । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँ पालिकाको वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले ग्रामीण क्षेत्रका विपन्न परिवारलाई क्रमश घर निर्माण गर्दै हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको र गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आ.व. मा दोब्बर संख्यामा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । तीन करोड १९ लाख ६३ हजार १ सय २८ रुपैयाँको लागतमा घर निर्माण गरिएका हुन्।



