काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किँदै गएपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढ्दै गएको छ । कतिपय नेपालीले सामाजिक सञ्जालबाट आफु बसेको ठाउँ र आफुले भोगेको कुरालाई सार्वजनिक गर्दै आएका छन् ।

इजरालयमा अहिलेको अवस्था निकै गम्भीर रहेकोले आगामी दिनमा झन् युद्ध बढ्न सक्ने भएकोले सामाजिक संजालबाट कोही नेपाल फर्कन चाहेको बताउँछन् त कोही खतरा भएपनि सुरक्षित रुपमा बस्नु नै अहिलेको विकल्प भएको बताउँछन् । उनीहरुले दिनहुँ क्षेप्यास्त्र खसिरहँदा लुक्ने भूमिगत बंकर समेत नपाएर भ¥याङमुनि लुकेर बस्न परेको बताउँछन् ।

इजरायलमा कुनै पनि खतराको संकेत देखिए सरकारले मोबाइलमा सन्देश पठाउँछ । अलार्म, म्यासेज वा साइरन बज्नेबित्तिकै मान्छेहरू भूमिगत बंकरमा जाने गर्छन् । इजरायलमा सन् १९९० पछि बनेका हरेक घरहरूमा बंकर हुन्छ । अलार्म बजेको ९० सेकेन्डभित्र भुईँ तलामा बनाइएका बंकरमा पुगि सक्नुपर्छ ।

धेरै नेपालीहरू इजरायलका विभिन्न ठाउँमा केयर होममा कार्यरत छन् । सबैभन्दा ठूला सहरहरू तेलअभिभ र त्यस वरपर, जेरुसलेम र हाइफासँगै लेबनानको सीमानादेखि इजिप्टको सीमानासम्मै नेपालीहरू छन् ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ५ हजार ५ सय, इरानमा १२ जना नेपाली रहेको जनाएको छ । इजरायलमा विभिन्न किसिमले पुगेका र वैध÷अवैध गरी बसेका नेपालीहरूको संख्या पाँचदेखि सात हजार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय