इलाम, असार २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा १५ शैयाको नगर अस्पताल उद्घाटन गरेका छन्। दुई दिने झापा–इलाम भ्रमणको क्रममा शनिबार आयोजित विशेष समारोहमा उनले अस्पताल उद्घाटन गर्दै स्थानीयस्तरमा स्वास्थ्य सेवा सुलभ बनाउने सरकारको योजना अनुरूप यस किसिमका अस्पतालहरू विस्तार भइरहेको बताए।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वी पहाडी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन संघीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सीमित स्रोत र चुनौतीबीच पनि सरकार स्वास्थ्य, शिक्षा र पूर्वाधारमा लगानी गर्दै अघि बढिरहेको बताए।

सोही अवसरमा प्रधानमन्त्रीले खानेपानी आयोजना शिलान्यास तथा सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण–पत्र ९धनीपुर्जा० वितरण कार्यक्रमलाई समेत सम्बोधन गरे। माई नगरपालिकाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीयवासीले अस्पताल उद्घाटनपछि उपचारमा सहजता हुने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय