धार्मिक अनुयायीबीच आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउँदै आएका विवादास्पद व्यक्तित्व रामबहादुर बमजन यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट पूर्ण सफाइ पाएपछि रिहा भएका छन्। बमजनमाथि आफ्नै आश्रममा यौन शोषण र बाल यौन दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो। सो फैसलालाई चुनौती दिँदै बमजनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालत जनकपुरको न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले चैत ६ गते बमजनमाथि लागेको आरोपहरूमा प्रमाणको अभाव रहेको ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्याएको हो।

रिहा सँगै नयाँ बहसको सुरुवात
फैसला सार्वजनिक भएसँगै महोत्तरी कारागारमा थुनामा रहेका बमजन रिहा भएका छन्। अदालतको आदेशपछि उनलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न छुट दिइएको छ। २०८० सालको पुस २४ गते काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका बमजनको घरबाट प्रहरीले १५ देशका विभिन्न मुद्राहरू बरामद गरेको थियो। विदेशी मुद्राको जम्मा मूल्य ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो, जसले उनका विलासी जीवनशैली प्रति थप प्रश्नहरू उठाएको थियो।

धार्मिक छविमा धक्का वा पुनर्स्थापना ?
बमजनविरुद्धको मुद्दाले धार्मिक आस्थामा आधारित नेतृत्वको पारदर्शिता र जवाफदेहिताको प्रश्न उठाएको थियो। अदालतको निर्णयसँगै उनका समर्थकहरूले न्यायको जित भएको दाबी गरिरहेका छन् भने आलोचकहरू भने प्रशासन र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै छन्। अब यो मुद्दाले सार्वजनिक बहसको नयाँ पाटो खोल्ने संकेत देखिएको छ — के न्याय भएन तरु कि न्याय भएको होरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय