काठमाडौं । उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेश जाँदा ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । देशको विभिन्न स्थानमा विश्वविद्यालय तथा शैक्षिक संस्था भएपनि नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-०८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको जनाएको छ ।

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कले सेवा खाताअन्तर्गत भ्रमण व्यय १८ दशमलव १ प्रतिशतले बृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । आ.व. २०८१-०८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा वर्षमा भ्रमण आयत ७ दशमलव ७ प्रतिशतले बृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय