भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो गोलअन्तरले पराजित भएको छ। यो हारसँगै नेपाल समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ, जबकि उत्तर कोरिया ९ अंक जोड्दै एसियन कपको मुख्य चरणमा प्रवेश गर्न सफल भएको छ। उत्तर कोरियाले खेलको तेस्रो मिनेटमै पहिलो गोल गर्दै नेपालमाथि दवाब बनाएको थियो। पहिलो हाफमै ५ गोल गर्दै खेललाई एकतर्फी बनाएको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्दै जित सुनिश्चित गर्‍यो। दोस्रो हाफमा ४८औं, ५३औं, ८८औं तथा इन्जुरी समयका मिनेटहरूमा गोल गर्दै नेपाललाई पूरै दबाबमा राख्यो।

नेपालले यसअघि खेलेका अन्य खेलहरूमा मिश्रित प्रदर्शन गरेको थियो, तर उत्तर कोरियाविरुद्धको यो हार सबैभन्दा ठूलो रह्यो। प्रतियोगिताबाट बाहिरिए पनि नेपाली टोलीका लागि यो अनुभव भविष्यमा सुधारको अवसर हुनसक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय