खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीया फुरदिकु शेर्पालाई खोरमा थुनेर राखिएको छ । मानसिक सुन्तुलन गुमाएर अनियन्त्रीत व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका छन् ।

फुरदिकुलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडाकौं दुई महिना राखेर उपचार गरिएको थियो । उपचार पश्चात् अलिक स्वास्थ्यमा सुधार देखिए पनि उसलाई पुनः सोही प्रकृतिको बिराम बलिझएको छ । गत माघ–३ गतेदेखि मानसिक सुन्तुलन गुमाएर अनियन्त्रीत व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको छन् ।

काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोर जस्तो ठाउँमा थुनेर राखिएकी फुरदिकुलाई परिवारका सदस्यहरुले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । घर छाडेर हिड्ने, गाली बेइजत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिस माथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र थुनेर राख्नुपरेको आमा निम्ले शेर्पाले बताए।

फुरदिकु शेर्पालाई उपचार गर्दा ७ लाख भन्दा बढी खर्च भइसके बुबा पेमाछेतर शेर्पाले बताए । ऋण काडेर र बैकमा जग्गा धितो राखेर छोरीको उपचार गराइयो तर पूर्ण रुपमा छोरीलाई निको बनाउन सकिएन । उपचारमा लैजाने पैसा छैन् । अहिले छोरीलाई थुनेर राख्नु परेको छ । राम्रो अस्पतालमा लगेर उपचार गर्न पाए निको हुन्थ्यो भन्ने,आश छ । तर,आर्थिक अबस्था कमजोर भएको कारणले उपचारमा लैजान सकिएको छैन । स्थानीय सरकार र संघसंथाले सहयोग गरिदिए छोरीलाई उपचार लैजाने शेर्पाको भनाईछ ।

२०६६ सालमा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट फुरदिकुले एसएलसी उत्तिर्ण गरेकी थिइन् । ७ वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । श्रीमान दाजाङ शेर्पा को ३ वर्षअघि मुटु रोगका कारण मृत्यु थियो । श्रीमानको मृत्युपछि ६ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी माइतीमा बस्तै आएकी थिइन् ।

जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको र स्वास्थ्यमा केहि सुधार नभएको परिवारले जानकारी दिएको छ ।

फुरदिकुमा देखिए जस्तो लक्ष्यण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको छिमेकीहरुले बताउँछन् । उनीहरुमा देखिएको समस्या बिस्तारै धामीझाँक्रीबाटै ठीक भएको थियो । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यस बिषयमा स्थानीय सरकारले गम्भीर भएर उपचारको लागि शेर्पा परिवारलाई सहयोग गर्नुपर्ने आवश्यक देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय