काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको जनाएको छ । सोमबार बिहानै बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका विभिन्न जिल्लाका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ । यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ।

तीन दिनको जलसतह तथा बाढीको पूर्वानुमान गर्दै महाशाखाले आज काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको औँल्याएको छ ।

महाशाखाले भोलि असार ३० गते र असार ३१ गते पनि सातै प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने र यी क्षेत्रमा आवतजावत गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय