सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरेका हुन् । शनिवार काठमाडांैमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे ।
अध्यक्ष ओलीले उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नो दलको उम्मेदवारलाई समर्थन गर्ने विश्वास समेत व्यक्त गरे ।






