काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गर्नुभएको छ ।

घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणलाई उक्त निर्देशन दिने निर्णय गर्नुभएको हो । उहाँले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले रोकेको थियो । उहाँले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले विगतका कमी कमजोरीलाई नदोहो¥याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्नसमेत सबैसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय