काठमाडौं । रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिवाङ आसपास रहेको थियो । भूकम्प बिहान ३ः०७ बजे रेकर्ड गरिएको केन्द्रले जनाएको छ ।



भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन । सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ ।



