रसुवा । अवैधरूपमा सुन आयात गर्ने एक महिला उत्तरी रसुवामा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङलाई केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ नेपाल भित्र्याउँदै गर्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको हो । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको पनि बताइएको छ ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय