नेपाल आयल निगमले अबको एक महिना भित्रै भारतबाट पाईपलाईन बाटै पेट्रोल र मट्टितेल पनि आयात गर्ने तयारी गरेको छ । पाईप लाईनबाट पेट्रोल र मट्टितेल आयात गर्न सन् २०२२ देखि दोश्रो चरणको निर्माण कार्य थालनी गरेको निमगले सन् २०२५ को जनवरीदेखि पाईपबाट पेट्रोल र मट्टितेल आयात गर्ने भएको छ। भारतको रक्सौल र बरौनी डिपोबाट ट्रयाकर मार्फत ईन्धन आयात गर्दै आएको नेपाल आयल निगमले आयातलाई सहज र मितव्ययी बनाउन पाँच वर्षअघि २०७६ भदौ २४ गतेदेखि पहिलो चरणमा पाईपलाईनबाट डिजल आयातको शुरुवात गरेको थियो । सन् २०२३ को डिसेम्बरसम्म दोश्रो चरको काम सम्पन्न गरी जनवरी २०२४ देखि पाईपबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाए पनि निर्धारित समयमा काम सम्पन्न गर्न सकेन । अब छिट्टै सबै काम सकी पाइपलाइनबा पेट्रोल ढुवानी हुने निगमले जनाएको छ । अहिले निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोमा ६ हजार लिटर मात्र पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता रहेको र दैनिक रुपमा अमलेखगञ्ज डिपोले ४ हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ। दोश्रो पेट्रोलियम पाईप लाईन सञ्चालन भएपछि निगमलाई ढुवानी खर्च बापत करोडौं रकम बचत हुनेछ ।

डिसेम्बरको तेश्रो सातासम्म करिब ९६ प्रतिशत कार्य सम्पन्न भईसकेको र केही फुटकर काम बाँकि रहे पनि पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयतको सफल परिक्षण भैसकेको छ । परिक्षणको क्रममा करीब पाँचहजार पाँच सय किलोलिटर पेट्रोल र एक हजार किलो लिटर मट्टितेल आयात समेत गरिसकेको छ । परियोजनाको दोस्रो चरण अन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्ज स्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्पहाउस र प्रयोगशाला निर्माण गरिसकेको छ ।

कुल दुई अर्ब ७५ करोड भारतीय रुपैंयाँ लागतमा निर्माण भइरहेको यो परियोजनामा भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपैंया लगानी गर्नुपर्ने र पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्थापन नेपाल आयल निगमले गर्नुपर्ने सम्झौता भएको थियो । मोतिहारी–अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइप लाइनको नामले परिचित यो परियोजना अन्तर्गत दोश्रो चरणको काम अन्तिम चरणमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय