काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा पराजित हुने टोलीको एनपिएलको यात्रा समाप्त हुनेछ । विजेता टोली फाइनलको यात्रा तय गर्नको लागि एक मौका पाउनेछ । लिग चरणबाट चितवन सात खेलमा चार जित र तीन हारको नतिजासहित आठ अंकका साथ तेस्रो स्थामा रहेर प्लेअफमा पुगेको हो ।



यता कर्णालीले पनि सोही नतिजा निकाले पनि नेटरनरेटको आधारमा चितवन अगाडि छ ।
कुशल मल्ल कप्तान रहेको चिवनका लागि रिजन ढकाल, सोहेल तन्वीर र रवि बोपारा प्रमुख खेलाडीका रूपमा रहेका छन् ।
यता सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीका लागि विपिनप्रसाद शर्मा, विल बसिस्टो नन्दन यादव प्रमुख खेलाडीका रूपमा उभिएका छन् ।



