नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका प्रसारण लाइन तथा सबस्टेसन निर्माण कार्य जारी रहेका बेला, अमेरिका सरकारले ९० दिनका लागि अनुदान स्थगित गरेको छ।

किन रोकियो अनुदानरु
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प को २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश अनुसार वैदेशिक सहायता पुनर्मूल्यांकन तथा पुनर्संरचना गर्नुपर्ने प्रावधान रहेकोले, एमसीसीले २ फागुन २०८१ मा नेपाल सरकारलाई इमेल पठाउँदै अनुदान खर्च रोक्न आग्रह गरेको थियो। अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा का अनुसार ९० दिनसम्म एमसीसी परियोजनाका कुनै नयाँ दायित्व सिर्जना हुने गरी काम हुन पाउने छैन ।

परियोजनामा परेको असर

३ वटा सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य अगाडि बढिरहेको थियो। नवलपरासीमा न्यून बुटवल-गोरखपुर प्रसारण लाइन को भौतिक परीक्षण सुरु भइसकेको थियो।
१२ करोड ३६ लाख अमेरिकी डलर लागतमा २१ महिनामा सम्पन्न गर्ने गरी भारतको ट्रान्सरेल लाइटिङ लिमिटेड सँग सम्झौता भएको थियो।
जग्गा प्राप्ति तथा मुआब्जा वितरण प्रक्रिया अगाडि बढिसकेको थियो।

अब के हुन्छ ?
एमसीसी परियोजनाका कार्य ९० दिनसम्म प्रभावित हुनेछन्। नेपाल सरकारले अमेरिकी पक्षसँग छलफल गरेर परियोजना पुनः गति दिन पहल गर्ने बताएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय