नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र फैलिएको दाबी गरेका छन् । शनिवार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार र तस्करी मौलाएको दाबी गरेका हुन् । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप समेत लगाए । उनले अहिलेको अवस्थालाई परिवर्तन र देश विकास एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरुले सम्पन्नता भएको नेपाल गरिव रहिरहन सक्ने देश नभएको जिकिर समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय