धनकुटा -झुलाघाट चियाभञ्ज्याङ संमृद्दिकालागि संकल्प यात्रा बिहीबार १५ औ दिनमा धनकुटा आईपुगेको छ । उक्त टोलीले मध्यपहाडी क्षेत्रको विकास र समृद्दिकालागि कृषिमा भावि सम्भावना र चुनौती विषयक कृषिविज्ञहरूसँग अन्तरक्रिया धनकुटाको पाख्रिबासमा सम्पन्न गरेको छ ।नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औँ दिनमा धनकुटा आइपुगेको हो ।

अन्तक्रियामा पार्टीका अध्यक्ष केपि शर्मा ओलीले धनकुटाका किसानका गुनासोलाई सम्वोधन गर्दै कुनैपनि कुरा बिक्रि भएन भनेर आतिनु नपर्ने त्यसमा पनि दुध विकेन भनेर भन्नु आश्चर्यको कुरा हो दुध बाट छुर्पी बनायो भने दुधको भन्दा चारगुणा बढि मुल्यमा अमेरिकन, क्यानेडियन, अष्ट्रलियन बजारमा छुर्पी बिक्रि हुने गरेको बताएका छन् ।

संकल्प यात्राको टोलीलाई बिहिबार बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रबेश गराउनुका साथै पाख्रिबासमा अन्तरक्रिया पश्चात हिले पार्क उद्घाटन गरेर जोरपाटी सिधुवा हुदै बसन्तपुरमा आमसभा सम्पन्न गरेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले १८ दिनसम्म सञ्चालन हुने संकल्प यात्राको अगुवाइ गरिरहेका छन् । सयौंको नेता कार्यकर्ता सहभागी भएको सो यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत रहेका छन् ।

लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकसँग भेटघाट, पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया, हिलेमा पार्क उद्घाटन लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।धनकुटा नगरपालिकाका नगर प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माका अनुसार धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा सम्पन्न भएको आमसभामा १५ हजारभन्दा बढी मानिस सहभागी भएका थिए । आमसभामा धनकुटाबाट पाँच हजारभन्दा बढी मानिस आएको धनकुटा पार्टिका अध्यक्षले बताए । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।

त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मामाथि धनकुटामा हातपात भएको छ ।मेची महाकाली अभियानका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि हातपात भएको हो । फूलमाला लिएर स्वागत गर्ने लाइनमा उभिएका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए । आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले निन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति स्थानीय रहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय