भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले दुई अनुभवी राष्ट्रबिरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एशिया कपको यात्रा शुरु हुनु अगाडि मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानबिरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् । उनले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने भएपनि आफूहरुले उत्कृष्ट खेल पस्किने बताए ।
कप्तान रोहितले सन्दीप लामिछानेले एशिया कप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्व सबैमाझ स्पष्ट रहेको बताए । पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूबिरुद्ध अन्तिम समयसम्म चुनौति प्रश्तुत गर्ने विश्वास व्यक्त गरे । पछिल्लो ५÷६ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको उनको भनाइ छ ।



प्रशिक्षक देसाईले पछिल्ला समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुविधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको पनि स्पष्ट पारे । एशिया कप अगाडि नेपाली टोलीले पाकिस्तानको कराचीमा अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले आगामी भदौ ९ गतेसम्म कराँचीमा प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



