काठमाडौं । नेपालले एसीसी यू १९ एसिया कपको पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । यूएईको आइसीसी एकेडेमी ओभल २ मा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाली टोली आजको खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । एसिया कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन ।
प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको नेपालका लागि यो विश्वकपको राम्रो तयारी हो । नेपालले आगामी जनवरी÷फेबु्रअरीमा हुने विश्वकप खेल्दैछ । एसिया कप खेल्ने टोलीबाट जापान र यूएई बाहेक अन्य सबै टोलीले विश्वकप खेल्नेछन् ।
एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ । समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् । एसिया कप मंसिर २२ देखि पुष १ गतेसम्म चल्नेछ ।






