काठमाडौं, १४ चैत — मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार सुरक्षा निकायसम्बन्धी विषयमा थप अध्ययन समिति गठन गर्ने र अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरिएको थियो। सोही निर्णयपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गृह मन्त्रालयलाई प्रक्रिया अघि बढाउन पत्राचार गरिएको थियो।

गृहमन्त्री सुदन गुरुङले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि सो निर्देशन प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएको थियो। प्रहरीको अपराध अनुसन्धान विभाग हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पुगेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार जरुरी पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

शनिबार बिहान जारी गरिएको पक्राउ पुर्जीमा ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि ओलीलाई नियन्त्रणमा लिनुपर्ने उल्लेख गरिएको छ। उनले बिहान करिब ६स्१० बजे पक्राउ पुर्जी बुझेको प्रहरीले जनाएको छ। पक्राउपछि ओलीलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। कानूनअनुसार पक्राउ परेका व्यक्तिलाई छिट्टै सम्बन्धित निकायसमक्ष उपस्थित गराइने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय