काठमाडौं । कंचनपुर जिल्ला मानव बेचबिखन तथा ओसारपसारको दृिष्टकोणले उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भएपनि अन्य क्षेत्रमा खुला सीमा भएकैले उच्च जोखिम बढेको हो ।
माइती नेपाल कंचनपुरले मानव बेचबिखनका घटना बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरितिहरू प्रमुख कारण भएको जनाएको छ । जिल्लाको सीमानाका प्रयोग गरी बालबालिका, किशोरी तथा महिलालाई भारत, खाडी मुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएको छ । खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको पनि पाइएको छ ।



मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय हुन सक्ने छ ।



