काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।
परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन् ।
नतिजा कसरी हेर्ने ? नतिजा हेर्ने तरिका :



वेबसाइटः राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np, http//result.neb.gov.np वा
नेपाल टेलिकमको neb.ntc.net.np, https//neb.ntc.net.np मा लगइन गरेर ।
SMS NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर ।
क्ष्ख्च्रग्क्क्म्ः नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट ।



