काठमाडौं । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ ५ बजेसम्म कारागारमा फर्किनका लागि समयसीमा दिइएको हो ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो । फरार कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ ।



कारागारका निमित्त प्रशासक जोशीले गत भदौ २४ गते कारागारबाट ४ सय ७८ जना कैदी फरार भएको बताउनु भएको थियो । ती मध्ये अझै १ सय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन् । फरार कैदी तथा थुनुवा केही आफैं कारागारमा फर्किका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाइरहेको छ ।



