सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुबस दुर्घटना भएको छ । लु २ ख १५९८ नम्बरको कपिलवस्तुको शिवराज नगरपालिका –१ वनकसबासामा दुर्घटना भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बसमा सवार २४ जना घाइते भएको जनाएको छ । घाइतेको चन्द्रौटा संजीवनी अस्पतालमा १३ र ४ जना आधाुभुत अस्पतालमा उपचार भइरहेको छ । ७ जना भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारकालागि पठाइएको छ ।



दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



