राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र ल्याउनका लागि तेस्रो जनआन्दोलन शुरु गरेको बताएका छन् । आज वीरगञ्जमा आयोजना गरेको आमसभामा अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था र शासकहरुबाट मुक्तिको लागि राजा सहितको प्रजातान्त्रिक व्यवस्था ल्याउन आन्दोलन शुरु गरेको बताएका हुन् ।
उनले राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएको जिकिर समेत गरे ।अध्यक्ष थापाले सरकार आफै तस्करी र भ्रष्टाचारमा संलग्न रहेकाले यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवा समेत गरे ।






