काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालिन सचिव गणेश साहले माओवादी पार्टी छोड्नु भएको छ । नेकपा माओवादी केन्द्रले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आफूले पार्टी छाडेको घोषणा गर्नुभएको हो ।
उहाँले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने बताउनु भयो । साहले कम्युनिष्ट पार्टीमा सत्ता लिप्सा बढेको र अब सुध्रिन पनि सुझाब दिनुभयो ।






