काठमाडौं । नयाँ सरकार गठनसँगै देशमा लगाईएको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।
देशमा भौतिक संरचना तोडफोड हुन थालेपछि देशभर लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको हो ।



सरकार गठन भएको भोलिपल्ट नै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु र निषेधाज्ञा दुबै हटेपछि जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुन थालेका छन् ।
अहिले निजी सवारीसाधन संचालन हुन थाले पनि सार्वजनिक यातायात भने फाट्टफुट्ट चल्न थालेको छ ।



