प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताएका छन । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताएका हुन । प्रधानमन्त्री दाहालले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए ।
प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए । नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा –माओवादी केन्द्रको समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको स्मरण गराए । प्रधानमन्त्री दाहालले आफूलाई आरोप लगाउन सहज नरहेको जिकिर गरे ।



प्रधानमन्त्री दाहालले कांग्रेसले गठबन्धन र संविधान विरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताए । संविधान, राजनीतिक मान्यताका आधरामा राष्ट्रको बृत हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज नहुने उनको भनाइ थियो । एक्लै लडेर बहुमत ल्याउन कांग्रेसलाई प्रधानमन्त्री दाहालको सुझाव थियो । सदनबाट तेस्रो पटक विश्वासको मत लिनु भनेकै राजनीतिक उथलपुथल भएको प्रष्टिकरण पनि उनले दिए । प्रधानमन्त्री दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौतिपनि दिए । उनले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको पनि स्पष्ट पारे ।



