काठमाडौं । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताउनु भएको छ ।
जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा गृहमन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरुले कांग्रेसको नेतृत्वमा लामो समयसम्म सरकार नबनेको गुनासो उठ्ने गरेको बताउनु भएको हो ।



कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर भएर लागि रहेको भन्दै दुई प्रतिस्पर्धी दलबीचको संयुक्त सरकार बन्दा केही जटिलता आउने उल्लेख गर्नुभयो ।



