नेपालको कांग्रेस पार्टीको नेतृत्वले सत्तामा बस्दै जिम्मेवारी लिन नचाहेको प्रवृत्ति अब नौलो छैन। पार्टीको नेतृत्व र मन्त्रीहरूको कार्यशैलीले देशको इज्जत र विश्वासलाई कमजोर पारिरहेको छ। ताजा घटनाक्रममा, ऊर्जामन्त्री दीपक खड्काको लगातार विवादास्पद कार्यशैली र भ्रष्टाचारको आरोपले सरकार र पार्टीलाई सस्तो बनाइदिएको छ। दीपक खड्का, जसले कांग्रेसको आन्तरिक शक्ति संरचनामा आफ्नो पुरानो सेटिङ शैलीलाई जारी राख्दै आपराधिक क्रियाकलापहरूलाई अन्जाम दिइरहेका छन्, अब कांग्रेसको नेतृत्वको नासमझी र कमजोर इच्छाशक्तिको कारण पार्टीको नैतिक धरातललाई थप कमजोर पारिरहेका छन्। खड्काले सरकारले आफ्नो पदीय जिम्मेवारी बहन नगरी निरन्तर विवाद उब्जाएका छन्। कुलमान घिसिङलाई हटाउने प्रयासदेखि विभिन्न ठेक्कापट्टामा दुरुपयोगको खबर बाहिर आएपछि, खड्काले सरकारको इज्जत धुलोमा मिलाइरहेका छन्।

अर्को पक्ष, कांग्रेसका महामन्त्री गगन थापा र पार्टी सभापति शेरबहादुर देउवा मात्र शब्दको खेल गर्दै सरकारको गलत कार्यशैलीलाई समर्थन गर्दै पन्छिरहेका छन्। उनीहरूले सार्वजनिक मंचबाट खड्काको आलोचना गर्दा, यसको वास्तविक नतिजा भने फगत पार्टीको आन्तरिक कमजोरी र नेतृत्वको कमीका रूपमा देखिन्छ। उनीहरूले ‘कांग्रेसको इमेज बचाउन’ मात्रै बोलिरहेका छन्, तर प्रश्न उठ्छ— जसको पार्टीको नैतिक इज्जत ध्वस्त भइरहेको छ, त्यो पार्टीले आफ्नो मन्त्रीलाई किन हटाउन सक्दैन ?

दीपक खड्काले आफ्नो मन्त्रालयमा हद पार गर्दै नेपाल स्काउटको भवन हडप्न खोज्नु, ठेक्कामा हस्तक्षेप गर्नु, र निजी स्वार्थको लागि मन्त्रीको पदको दुरुपयोग गर्नु, यी सबै घटनाहरूले पार्टीलाई सस्तो बनाएको छ। कांग्रेस पार्टीले खड्काको क्रियाकलापलाई चुपचाप अनदेखा गर्दै हिँड्नु, पार्टीको निराशाजनक अवस्था दर्शाउँछ। कांग्रेस के यस्तो पार्टी हो जसले आफ्नो मन्त्रीको भ्रष्टाचारलाई पन्छाउने प्रयास गर्छ र जनताको विश्वास तोड्छरु अब कांग्रेसले आफैलाई जवाफ दिनुपर्छ— के यसले आफ्नो जिम्मेवारी पूरा गरेको छरु खड्कालाई फिर्ता बोलाउन नसकेको पार्टीले के आफ्नो नैतिक धरातलमा सुधार ल्याउन सक्छ ? जनताले बुझ्न थालेका छन्। अब मुखमा मात्र राजनीति गरेर जनतालाई धोका दिन सकिदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय