काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री समेत रहेका दीपक खड्काको कम्पनीले भोगचलन गर्दै बनाएको संरचना महानगरले डोजर लगाएर भत्काएको हो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । अल्टिमेटम आज सकिएपछि महानगरले उक्त संरचनाहरु भत्काएको हो ।

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय