काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने र नयाँ नेतृत्व चयन गर्नुपर्ने मागसहित प्रतिनिधिहरूले चर्को नाराबाजी गरेका हुन् । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको आरोप लगाउँदै तत्काल नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। नाराबाजीका कारण महाधिवेशन स्थल केही समय अव्यवस्थित बनेको थियो भने सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसअघि सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । तर, दुवै पक्षबीच ठोस सहमति नजुट्दा वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ । वार्ता असफल भएपछि प्रतिनिधिहरू आक्रोशित बनेका हुन् । उनीहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र नेतृत्वले कार्यकर्ताको आवाज नसुनेको आरोप लगाएका छन् ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी रहेको छ । नेताहरूले परिस्थिति साम्य पार्ने प्रयास गरिरहेको बताइए पनि सहमति नजुट्दा आगामी कार्यसूची अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय