काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको छ। केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो। अस्पतालले जनाएअनुसार पिसाबमार्गको संक्रमण गम्भीर बन्दै गएपछि अवस्था जटिल बनेको र उनी आइतबारदेखि बेहोस अवस्थामा रहेका थिए। सोमबार उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।



प्रधानमन्त्री सुशीला कार्कीले पनि अस्पताल पुगेर मेयर शाहलाई समवेदना व्यक्त गरेकी थिइन्। दिवंगत रामनारायण शाह आयुर्वेद चिकित्सक थिए। उहाँका श्रीमती, दुई छोरा र एक छोरी रहेकाछन्।



