काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो मात्रामा रकम बरामद गरेको छ । अवैध रकम लुकाएर राखेको सूचना आएपछि आज प्रहरीले अपरेशन चलाएर रकम बरामद गरेको हो । बरामद गरिएको रकम करिव चार करोड रहेको बताइएको छ । यस्तै प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना रहेको पनि सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाएको छ ।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बरामद गरिएका नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारीबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय